नेपालमा थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ६८१ जनामा कोरोना संक्रमण (कोभिड-१९) पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ६८१ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् । यो सँगै नेपालमा संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म पीसीआर विधिबाट ५ लाख ५४ हजार ३८८ परीक्षणहरु गरिएका छन्। त्यसैगरी २४ घन्टामा जम्मा १३ हजार ४६१ पीसीआर परीक्षण भएका छन्।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १२० जना रहेको छ । यो सँगै हालसम्म निको हुनेको संख्या १७ हजार ७०० पुगेको छ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १३ हजार ५ सय ७१ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ११ हजार ११८ जना रहेको छ ।

More News last news
Loading...