काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली साहित्य क्षेत्रमा अपुरणीय क्षति भएको बताएका छन्।
पूर्वराजा शाहका सचिवालय सदस्य फणि पाठकले बुधबार शाहका तर्फबाट शोक वक्तव्य जारी गर्दै देशभक्ति र प्रकृति प्रेममा आधारित कवि घिमिरेका अनेकौँ काव्य कृति सदापठनीय र मननीय रहेको पनि जनाएका छन्।
साथै घिमिरेको निधनले नेपाली वाङ्मय र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको शाहले बताएका छन् । शाहले घिमिरेको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
