बुधबार रातिदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा !

काठमाडौँ । बुधबार राति १२ बजेदेखि उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा लागू हुने भएको छ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको बैठकले १० भदौसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो।

Advertisement

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको बैठकले निषेधाज्ञा लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

स्रोतका अनुसार, उपत्यकामा कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि एक साताका लागि निषेधाज्ञा लागू गर्न लागिएको हो।

सरकारले निषेधाज्ञा लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएपनि केन्द्रीय राजधानी भएकाले गृह मन्त्रालयको स्वीकृतीमा निषेधाज्ञा लागू गर्न लागिएको हो।

निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेक अन्य व्यवसाय बन्द हुनेछन् । यातायात पनि पूर्ण रुपमा बन्द हुने छ।

मंगलबारमात्रै राजधानीमा २ सय ५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

More News last news
Loading...