राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ।

१ सय १ वर्षको उमेरमा मंगलबार अपराह्न करिब साढे ५ बजेतिर आफ्नै निवास लैनचौरमा घिमिरेको निधन भएको उनका पारिवारिक सदस्य अशेष शर्माले सेतोपाटीलाई जानकारी दिए। उनी केही समयदेखि बिरामी थिए।

Advertisement

शर्माका अनुसार घिमिरेको अन्त्येष्टि भोलि बुधबार गर्ने तयारी छ। अन्त्येष्टिको सम्पूर्ण जिम्मेवारी नेपाली सेनाले लिएको पनि उनले जानकारी दिए।

सेनाका प्रवक्ता तथा सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार सेनाले सम्मान गारत दिने जानकारी दिए। उनका अनुसार मानार्थ सहायकरथीलाई ११/११ जनाको टुकुडीले सम्मान गर्ने चलन छ।

 

More News last news
Loading...