पृथ्वीमा एक सय ७ वर्षपछि अहिलेसम्मकै धेरै तापक्रम मापन

काठमाडौँ । पृथ्वीमा एक सय ७ वर्षपछि अहिलेसम्मकै धेरै तापक्रम मापन भएको छ।

हिजो अमेरिकाको क्यालिफोर्नियामा रहेको डेथ भ्याली नेशनल पार्कमा १ सय ३० डिग्री फरेनहाइट अथवा ५४ दशमलव ४ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रिय मौसम सेवाले तापक्रम प्रमाणित गरेको हो।

Advertisement

अमेरिकाको पश्चिमी तटमा रहेको यो क्षेत्रमा अझै तापक्रम अझ बढ्न सक्ने अनुमान गरिएको छ। यस अघि सन् १९१३ मा यही ठाउँमा एक सय ३४ डिग्री फरेनहाइट अथवा ५६ दशमलव ६ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो।

यस्तै ट्युनिसियामा सन् १९३१ मा १ सय ३१ डिग्री फरेनहाइट तथा ५५ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो।

More News last news
Loading...