उपसभामुख तामाङका आमा-छोरा कोरोना पोजेटिभ

मकवानपुर । बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई कोरोनो सङ्क्रमण भएको पुष्टि भएको छ।

हेटौँडामा गत साउन २८ र ३० गते गरिएको स्वाब परीक्षणबाट उपसभामुख तामाङसहित उनका नौ वर्षीय छोरामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

Advertisement

यद्यपि प्रादेशिक अस्थायी कोरोना परिक्षण प्रयोगशालाले भने छोरामा कोरोना संक्रमणको पुष्ठि नगरेको हेटौंडा आईशोलेशन वार्डका इन्चार्ज भोला चौलागाईंले बताए।

साउन १५ गते सङ्घीय राजधानी काठमाडौँ गएका बेला भएका विभिन्न राजनीतिक जमघटहरूका क्रममा कोरोना सङ्क्रमण भएको अनुमान गरिएको उपसभामुख तामाङका श्रीमान् डिबी तामाङले जानकारी दिए।

उनका अनुसार साउन १५ गते उपसभामुखसहितको टोली काठमाडौँ पुगी साउन २५ गते मात्रै फर्केको थियो । सो क्रममा गृहजिल्ला नुवाकोटका तीन वटा टोलीसँग भेटघाट र छलफल गरिएको उपसभामुखका श्रीमान् तामाङले जानकारी दिए।

“भेट गरिएकामध्ये एक जना वडाध्यक्षमा कोरोना पोजिटिभ देखिएपछि शङ्का लागेर हामीले पनि स्वाब परीक्षण गरायौँ”, उपसभामुखकी श्रीमान् तामाङले भन्नुभयो, ‘चालक, पीएसओसहित छ जनाको परीक्षणमा आमा छोरामा पोजिटिभ देखियो।’

कोरोना सङ्क्रमणपछि उपसभामुखको परिवार हेटौंडास्थित सरकारी निवासमा आराम गरिरहेको छ ।

More News last news
Loading...