काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। नतिजा सार्वजनिक गर्ने विषयमा अहिले बोर्ड बैठक बसिरहेको छ।
बोर्डले नतिजा सम्बन्धी सबै काम साता दिन अघि सकेको थियो। तर कोरोनाको संक्रमण फैलने भन्दै सार्वजनिक गरेको थिएन। कोरोनाको कारण बोर्डले यो पटक विद्यालयलाई विदुयार्थीको मुल्यांकन गरेर नतिजा पठाउन निर्देशन दियको थियो।
परीक्षा दिन ४ लाख ८० हजारले फाराम भरेका थिए। विद्यालयले पठाएको नतिजा रुजु गरेर सार्वजनिक गर्न लागिएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
