आज काठमाडौँमा थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार ए पी एफ काठमाडौँमा गरिएको स्वाब परीक्षणमा काठमाडौँका ३ जना, बिध ल्याबमा गरिएको स्वाब परीक्षणमा काठमाडौँका ६ जना, ह्याम्स अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौँका १९ जना, नेपाल कोरियन मैत्री अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौँका ४ जना रहेका छन् ।

Advertisement

यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौँका १७ जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा काठमाडौँका ९ जना, सुरिया ल्याबमा गरिएको स्वाब परीक्षणमा काठमाडौँका ६ जना, स्टार अस्पतालमा गरिएको स्वाब परिक्षणमा काठमाडौँका ९ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौँका २४ जना र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २९ जनामा गरि पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै १२६ जनामा संक्रमण पुष्टि भएको हो।

यसैबीच, नेपालमा आज (आइतबार) थप ६४१ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार ६६० पुगेको छ।

More News last news
Loading...