नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सोमबार (भोलि) सचिवालय बैठक बोलाएको छ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विवादमा समाधान खोज्न कार्यदल गठन गरेपछि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले विधि पद्धतिको मुद्दा उठाएका थिए।

Advertisement

नेतात्रयले शनिबार पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर पार्टी सचिवालयको बैठक राखेर कार्यदल गठन गर्नु उपयुक्त हुने धारणा राखेका थिए।

स्रोतका अनुसार त्यसअनुसार नै सोमबार विहान साढे ९ बजे सचिवालय बैठक बोलाइएको हो । बैठकले कार्यदललाई औपचारिकता दिने सम्भावना छ।

More News last news
Loading...