रुसद्वारा कोरोनाविरुद्धको भ्याक्सिनको उत्पादन सुरु

रुस । रुसले नयाँ भ्याक्सिनको उत्पादन सुरु गरेको छ। रुसको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भ्याक्सिन अगस्ट महिनाको अन्त्यमसम्म उपलब्ध हुने जानकारी दिएको छ।

थुप्रै विशेषज्ञले रुसले दौडमा पहिलो हुने चक्करमा सुरक्षासँग सम्झौता गरेको आरोप लगाएका छन्।

Advertisement

रुसमा गरिएको एक स्वतन्त्र अनुसन्धानमा त्यहाँका आधाभन्दा बढी स्वास्थ्यकर्मीले भ्याक्सिनमाथि विश्वास नभएको बताउँदै नयाँ भ्याक्सिन लगाउन नचाहेको तथ्य सार्वजनिक भएको छ।

यद्यपि, राष्ट्रपति भ्लादिमिर पुटिनले भ्याक्सिन तयार गर्न सबै आवश्यक कुरालाई ध्यानमा राखिएको छ र उनकी छोरीलाई उक्त भ्याक्सिन दिइसकेको जानकारी दिएका छन्।

रुसले यो भ्याक्सिनको नाम ‘स्पूतनिक भी’ राखेको छ । रुसी भाषामा स्पुतनिक शब्दको अर्थ स्याटलाइट हो। रुसले नै विश्वको पहिलो स्याटलाइट बनाएको थियो।

More News last news
Loading...