दक्षिण कोरिया । दक्षिण कोरियामा स्वास्थ्य अधिकारीले चेतावनी दिँदासमेत राजधानी सोलमा दशौँ हजार मानिसहरु सरकार विरोधी प्रदर्शनमा समावेश भए ।
शनिबार दक्षिण कोरियामा १ सय ६६ नयाँ संक्रमित देखिएका छन् जुन पछिल्लो पाँच महिनामा एकदिन भित्र देखिएको यो सबैभन्दा धेरै संख्या हो।
सोल शहर प्रशासनले यसअघि प्रदर्शनमा भाइरसका कारण लगाइएको प्रतिबन्धको उल्लंघन हुने भएकोले प्रदर्शनको अनुमती दिएको थिएन। यद्यपि, प्रशासनले केही प्रदर्शन गर्न अनुमती भने दिएको थियो ।
हालै देशमा कोरोनाका १ सय ३० संक्रमित फेला परेका छन् जसमा ती व्यक्ति पनि समावेश थिए जसले राष्ट्रपति मून जेई–इनको नीतिको विरोधमा आयोजित एक चर्च ग्रुपको विरोध प्रदर्शनमा सहभागी भएका थिए।
यो सभामा भाग लिनका लागि सोसल मिडियामा चर्चाका पास्टरले मानिसहरुलाई अपिल गरेका थिए । उक्त सभामा प्रहरीले आशा गरेभन्दा बढी व्यक्ति समावेश भए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
