काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण (कोभिड-१९) पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार नियमित प्रेस बिफ्रिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ४६८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
पछिल्लो २४ घन्टामा १२४ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या १७ हजार २०१ रहेको प्रवक्ता गौतमले बताए।
२४ घन्टामा ११ हजार ४७ पीसीआर परीक्षण भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
