तनहुँमा ५ वर्षीया बालिकासहित २० जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशका २ जिल्लामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार बिहान तनहुँ र स्याङजाका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

Advertisement

निर्देशनालयका अनुसार तनहुँको भानु नगरपालिका– १ का २२ देखि ५२ वर्ष उमेर समुहका १४ पुरुष तथा ५ वर्षीया बालिका सहित ६ महिलामा कोरोना पुष्टि भएको हो।

त्यसैगरी स्याङजाको पुतलीबजार नगरपालिका–१ का ३९ वर्षीय पुरुषमा पनि कोरोना देखिएको निर्देशनालायले जनाएको छ। निर्देशनालयका अनुसार संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको छ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ८१ पुगेको छ।

More News last news
Loading...