जनकपुरधाम । नेपालमा अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर–४ का ५० वर्षीय पुरुष छन्।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार श्वास प्रश्वासमा समस्या देखिएका ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो ।
तर, यहाँबाट बिहीबार काठमाडौँ रेफर गर्दा बाटोमै उनको मृत्यु भएको मन्त्रालयका वरिष्ठ प्रशासक विजय झाले जानकारी दिए । उनलाई बिहीबार दिउँसो १ बजे रेफर गरेको र ३ बजे नै मृत्यु भएको पाइएको झाले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
