काठमाडौँ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप ८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले शुक्रबार आएको रिपोर्टमा बिहान ४ र अहिले दिउँसो ४ जना गरी ८ जना स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको बताए। संक्रमित हुनेमा १ जना चिकित्सक र अरु ७ जना नर्स रहेका छन्।
यो सँगै त्रिवि शिक्षण अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या २६ पुगेको छ। दासका अनुसार अधिकांशमा कोरोनाका लक्षण रहेका छन्। जसमध्ये ४ जना जति होम आइसोलेसनमा बसेका छन्।
बुधबार मात्रै आकस्मिक सेवा विभागका २ चिकित्सक र ४ जना नर्समा कोरोना संक्रमण देखिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
