काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत उपकार्यकारी निर्देशकहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।
प्राधिकरणका एक एन्जिनियरलाई कोरोना भाइरस पोजिटिभ देखिएपछि उनले भेटेका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशकहरु र निर्देशकहरु लगायतको बिहीबार पीसीआर परीक्षण गरिएको थियो।
परीक्षणको रिर्पोट शुक्रबार आएको र आफूलगायत सबैको रिपोर्ट नेगेटिभ देखिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
