त्रिभुवन राजपथमा पहिरो खस्दा चार गाडी पुरिए, १ जना वेपत्ता

काठमाडौँ । त्रिभुवन राजपथमा पहिरो खस्दा चार वटा गाडी पुरिएका छन् भने १ जना वेपत्ता भएका छन्।

त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा पहिरो खस्दा स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए ।

Advertisement

बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्को खसेको थियो। प्रहरीका अनुसार पहिरोमा परी एउटा स्काभेटर र तीनवटा टिप्पर पुरिएका छन्।

खानीबाट ढुङ्गा निकाल्ने एक्साभेटर र ढुङ्गा बोक्ने टिप्पर सडकमा रोकिराखेको अवस्थामा पहिरोमा परेका हुन्। ती गाडीमा रहेका व्यक्ति भने गाडीको सिसा फुटाएर बाहिर निस्किएको प्रत्यक्षदर्शीले बताएका छन्।

पहिरोपछि सम्पर्कमा नरहेका काले मोक्तान ढुङ्गाखानीकै कर्मचारीको रुपमा रेखदेखको काम गर्दै आएका थिए। उनी सम्पर्कविहीन भएपछि बेहोस भएकी उनको पत्नीलाई राति नै नौखण्डैस्थित स्वास्थ्यचौकी पु-याएर उपचार गरिएको छ। पहिरोले सडक पुरिएपछि त्रिभुवन राजपथ अवरुद्ध भएको छ।

More News last news
Loading...