वीरगन्ज । पर्सा वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पतलामा बिहीबार मृत्यु भएका दुवै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मृतक दुबै बाराका बासिन्दा हुन्।
नारायणी अस्पतालको प्रयोगशालमा गरिएको पीसीआर परीक्षणमा बिहीबार बिहान मृत्यु भएका वाराका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले जानकारी दिए । बाराको प्रसौनी गाउँपालिकाका २ प्रसौनीका ६५ वर्षीय र जीतपुर सिमरा उपमहानगरपालिका ४ औराहाका ५० वर्षीय पुरुषको बिहान कोरोना अस्पतालमा मृत्यु भएको थियो।
पुराना दमका रोगी प्रसौनी निवासी ६५ वर्षीय वृद्धमा ज्वरो र खोकी लागेपछि परिवारले वीरगन्जको नारायणी वयोधा अस्पताल ल्याएका थिए । वयोधाले कोरोना अस्पताल रेफर गरेको थियो । पछिल्लो समय स्वासप्रश्वासमा समस्या देखिएको उनको उपचारको क्रममा बिहान साढे ८ बजेको समयमा मृत्यु भएको थियो।
यसैगरी औराहा निवासी ५० वर्षीय पुरुष पुरानो मधुमेह र उच्च रक्तचापका बिरामी थिए । उनमा ५ दिनदेखि ज्वरो र खोकीसमेत लागेको थियो । बुधबार स्वास फेर्न गाह्रो भएपछि परिवारले उपचारका लागि वीरगन्जको नेशनल मेडिकल कलेज पुर्याएका थिए। त्यहाँ आईसीयू खाली नभएको भन्दै कोरोना अस्पताल पठाएका थिए। कोरोना अस्पतालमा भेन्टिलेटरमा उपचार हुने क्रममा बिहान मृत्यु भएको चिकित्सकले जनाएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
