आजदेखि ७७ वटै जिल्लामा सवारी पास वितरण बन्द

काठमाडौँ । आजदेखि ७७ वटै जिल्लाबाट दिइने सवारी पास वितरण बन्द भएको छ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बुधबार गृह मन्त्रालयले निर्देशन जारी गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो ।

Advertisement

मन्त्रिपरिषद्का विभिन्न निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा जारी सवारी पास बन्द गर्ने गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि साउन २९ गतेबाट लागू हुने गरी सवारी पास वितरण नगर्न भनेको हो ।

‘कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नहुन्जेलसम्मका लागि सवारी पास वितरण नगर्न, नगराउनुहुन आदेशअनुसार अनुरोध छ,’ गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

More News last news
Loading...