काठमाडौँ । नेपालमा थप ४ सय ८४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घन्टामा ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
यो सँगै नेपालमा संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ।
पछिल्लो २४ घन्टामा ६४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। हालसम्म कोरोनामुक्त हुनेको संख्या १६ हजार ७ सय २८ छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
