काठमाडौं । तीन दिनदेखि बेपत्ता कान्तिपुरका वरिष्ठ पत्रकार बलराम बानियाँको शव भेटिएको छ।
बानियाँ बेपत्ता भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी परेपछि खोजी गर्ने क्रममा खोजीमा प्रहरी जुटेको थियो। खोलाले बगाएको अवस्थामा प्रहरी चौकी सिस्नेरीले सोमबार बानियाँको शव निकालेको थियो।
मान्डु हाइड्रोपावरको पानी फिल्टर गर्ने ठाउँमा उक्त शव अड्किएको देखेपछि प्रहरीले निकालेर जिल्ला अस्पताल मकवानपुर पुर्याएको हो ।
उनी अन्तिमपटक बल्खुमा देखिएका थिए । सीसीटीभी फुटेजबाट प्रहरीले उनी बल्खुमा रहेको पुष्टि गरेको थियो । उनी वाग्मती नदीमा लडेको हुनसक्ने र खोलाले बगाएर मकवानपुर पुर्याएको प्रहरी भनाइ छ । बानियाँको शव मकवानपुरस्थित अस्पतालमा राखिएको छ । स्थायी घर तनहुँ रहेका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
