सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बुधबार १९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणबाट १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतनिधी वाग्लेले जानकारी दिए।
बुधबार संक्रमण पुष्टि भएका १९ जनामध्ये ८ जना भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन्। ६ जना कन्ट्याक्ट ट्रेसिङ्मा परेका र ५ जना समुदाय स्तरमा गरिएको परीक्षणमा संक्रमण देखिएको प्रमुख वाग्लेले जानकारी दिए।
केही दिन अगाडि सुर्खेतमा सरकारी कार्यालयका ४, हलुका सवारी चालक, पर्साबाट आएका ३ कामदार, २ सैलुन कामदारमा पनि कोरोना संक्रमण देखिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
