नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतको संख्या ७९ पुग्यो

काठमाडौँ। कोरोना भाइरस (कोभिड-१९) बाट थप ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौँका २ तथा बाँके र पर्सामा १-१ जना रहेका छन्।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँ महानगरपालिका-१० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौँको कीर्तिपुर ट्याङ्लाफाट बस्ने ६४ वर्षीय पुरुषको आज निधन भएको हो।

Advertisement

यस्तै बाँकेको कोहलपुर नगरपालिका-२ का ७० वर्षिया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा उपचारका क्रममा हिजो निधन भएको उनले बताए। २३ गते अस्पताल भर्ना भएकी महिला उच्च रक्तचापकी विरामी थिइन्।

यस्तै पर्साको देवयानी-१५ का ४५ वर्षीया महिलाको साउन २५ गते नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको उनले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ।

यस्तै हालसम्म कुल संक्रमितको संख्या २३ हजार ३ सय १० रहेको छ।

More News last news
Loading...