कर्मचारीमा कोरोना देखिएपछि एभरेस्ट बैंक बन्द

काठमाडौँ । लाजिम्पाटस्थित एभरेस्ट बैंकको मुख्य कार्यालय र एक शाखा दुई दिनका लागि बन्द गरिएको छ।

त्यहाँ कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार र मंगलबारका लागि कारोबार बन्द गरिएको हो। बुधबारदेखि नियमित रुपमा मुख्य कार्यालयबाट सेवा सुचारु हुने बैंकले जनाएको छ।

Advertisement

‘शनिबार लाजिम्पाटस्थित सबै कर्मचारीको परीक्षण गराउँदा दुई जना कर्मचारीमा पोजिटिभ देखिएको थियो,’ स्रोतले भन्यो, ‘ती कर्मचारीलाई आइसोलेसनमा पठाइसकिएको छ।’ आइतबार बैंकको सो कार्यालय ‘डिसइन्फेक्टेड’ गरिएकाले दुई दिनका लागि सेवा बन्द गरिएको हो।

मुख्य कार्यालय बन्द भए पनि बैंकको अरु शाखा कार्यालयबाट हुने सेवा नियमित रहेको र कुनै अवरोध नभएको बैंकले जानकारी दिएको छ।

More News last news
Loading...