वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १६ जना पुरूष र ६ जना महिला रहेका छन् ।
संक्रमित हुनेमा १८ वर्षका देखि ५० वर्षसम्म रहेका छन् । सोमबार बिहान संक्रमण हुनेहरुमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४ जना नेपाल प्रहरी रहेका छन् । उनीहरु घरबिदाबाट फर्केर क्वारेन्टिनमा रहेका थिए । त्यसैगरी पोखरीया नगरपालिकाका २५ वर्षीय डाक्टर पनि संक्रमित भएका छन् ।
मेघनाथ फर्माका तीन कर्मचारीहरु पनि संक्रमित भएका छन् ।
संक्रमित हुनेमा एक जना नेपाली कांग्रेसका नेता पनि परेका छन् । कांग्रेस नेता जनार्दनसिंह क्षेत्रीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । क्षेत्री कांग्रेसका पूर्व जिल्ला विकास समिति सदस्य हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
