उपत्यकाका ४० प्रतिशत कोरोना संक्रमित कतै यात्रा गरेका व्यक्ति

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना महामारीको जोखिम प्रतिदिन बढ्दै गएको छ। शुक्रबार र शनिबार फेला परेका अधिकांश सङ्क्रमितको यात्रा विवरण उपत्यका बाहिर देखिँदैन।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएकाले स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्न आग्रह गरिएको बताउँछन्।

Advertisement

सर्वसाधारणको लापरबाहीका कारण सङ्क्रमण टोल, गल्ली र बस्तीमा फैलिइसकेको आशङ्का बढेकाले उच्च सतर्कता जरुरी भएको हो।

पीसीआर परीक्षण गर्दा ‘पोजेटिभ रिपोर्ट’ आएकाको यात्रा विवरण हेर्दा बाहिरबाट आउनेको सङ्ख्या ६० प्रतिशत र कहीँ कतै नगएको विवरण उल्लेख गर्नेहरूको सङ्ख्या ४० प्रतिशत छ । बन्दाबन्दी हटेसँंगै असुरक्षित आवागमनका कारण सङ्क्रमण फैलिएको बुझाइ सुरक्षा अधिकारीको छ।

More News last news
Loading...