काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१ जना सांसदहरूले पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका छन् ।
आइतबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्। पार्टी एकताका पक्षमा प्रतिवद्धता व्यक्त गर्न आयोजित भनिएको पत्रकार सम्मेलनमा सांसद कृष्णप्रसाद दाहालले भने, ‘हामी तीन नेता प्रधानमन्त्री केपी ओली, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेता माधवकुमार नेपालकोमा जाने होेइन, उनीहरुलाई हाम्रोमा आउने बनाउँछौ ।’
कार्यक्रममा ६१ सांसदको हस्ताक्षर सार्वजनिक गरिएको थियो। उनीहरुले यो संख्या बढ्दै जाने दावी समेत गरेका छन् ।



![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
