केही समयअघि नेपालमा ७२ प्रदेश र १४ वटा जिल्ला भएको बताएपछि नेपाली अभिनेत्री पूजा शर्मा ट्रोलको शिकार बनिन्।
आफ्नै देशमा रहेका जिल्ला र प्रदेशको बारेमा समेत सामान्य ज्ञान नभएको भन्दै सामाजिक प्रयोगकर्ताले उनको विरोध गरे। प्राइम टाइम्स टेलिभिजनमा दिएको एक अन्तरावार्तामा पूजाले नेपालमा १४ जिल्ला र ७२ प्रदेश रहेको बताएकी थिइन्। उनले दिएको गलत जवाफले उनी ट्रोल बनिन् । जसबारे अभिनेत्री चुप रहिन्। प्रतिवाद गरिनन्, कुनै स्पष्टिकरण दिइनन्।
तर, उक्त अन्तर्वाता लिने पत्रकार प्रकाश सुवेदी पुनस् एक पटक अभिनेत्री पूजा शर्मालाई व्यङ्ग्य गर्दै प्रस्तुत भए। नेपाली फिल्म सम्बन्धी जानकारी दिइने भनिएको कार्यक्रममा ती पत्रकार व्यक्तिगत अपमान गर्न पछि परेनन्। पूजाको शारीरिक एवं बौद्धिकतामाथि समेत बोले। भने,’आफै नजान्ने अनि हामीले चाहिं लिएको इन्टर्भ्यू काटिदिनु पर्ने ? मिलाइ मिलाइ महानायिका बनाइदिनु पर्ने ? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई ?’
उनको त्यस अपमान जनक टिप्पणी टिभीमार्फत् प्रसारण भए पछि भने पूजा शर्मा बोलेकी छिन्। उनले प्रश्न गरेकी छिन्: कति चुप रहने ? कति सहने ?
शर्माले आफूलाई सामानुय ज्ञानसँग सम्बन्धित प्रश्न गर्दा उत्तर नआएको स्वीकार्दै भनेकी छन्,’मैले जवाफ दिन सकिँन। कृपया त्यो काटिदिनुस् भनेकी थिएँ। तर त्यो प्रसारण भयो। भाइरल भयो। म ट्रोल बनें। चुप बसें।‘ उनले आफ्नो कमजोरी भएकै कारण चुप बेसेको जनाएकी छिन्।
पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
