राजधानीको पेप्सीकोलामा भर्खर जन्मेको शिशु फेला

काठमाडौँ । राजधानीको कागेश्वरी मनोहरा नगरपालिका स्थित पेप्सिकोलामा नवजात शिशु जिवित अवस्थामा फेला परेका छन्।

कपडाले बेरेको अवस्थामा जिवितै फेला परेका शिशुलाई प्रहरीले उद्धार गरेर पेप्सीकोलामा रहेको मदरल्याण्ड अस्पतालमा पठाएको छ।

Advertisement

मदरल्याण्ड अस्पताल पछाडिको झाडीबाट बच्चालाई उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीले जानकारी दिए।

बच्चा जन्माएर वेवारिसे अवस्थामा झाडीमा फालेको आशंका प्रहरीले सिन्धुपाल्चोकको सिपापोखरी घर भएकी १७ बर्षीया किशोरीलाई पक्राउ गरेको छ। ती किशोरीले प्रहरीसँग ‘बच्चा आफ्नो नभएको’ इन्कारी बयान दिएकी छिन्।

More News last news
Loading...