कलाकारको प्रेमको विषयले निकै चर्चा पाउने गर्दछ । धेरै कलाकारको नाम एक अर्कासँग जोडिरहेकै हुन्छ । आज एउटासँग मनमुटु जोडिएको चर्चा चलिरहँदा अर्को महिना अर्कोसँग डेटिङ गरिरहेका खवर बाहिर आउँछन् । तर आज हामी तपाईलाई श्रीमान श्रीमती दुबै कलाकार रहेका जोडीका बारेमा जानकारी दिदैछौँ ।
निश्चल बस्नेत र स्वस्तीमा खड्का
निर्देशक तथा कलाकार निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का श्रीमान श्रीमती हुन्। उनीहरु बैबाहिक जीवनमा बाँधिएको केही बर्ष भयो । उनीहरुले २०७२ सालको फागुनमा बिबाह गरेका थिए । उनीहरुले प्रेम पछिको मागी बिबाह गरेका थिए । विवाहपछि पनि यो जोडी चलचित्रमा निकै व्यस्त बनेको छ। यो जोडीलाई निकै सफल जोडीका रुपमा पनि लिइने गरिन्छ।
प्रियंका कार्की र आयुष्मान देशराज जोशी
प्रियंका कार्की र आयुषमान देशराज जोशी पनि दुबै कलाकार हुन्। चर्चित अभिनेत्री कार्की र नायक जोशीले गत फागुन १७ गते विवाह गरेका थिए। लामो समय प्रेम सम्बन्धमा रहेको यो जोडीले बाजा बजाएरै बिवाह गरेका थिए। कार्की डिर्भोसी नायिका हुन् भने आयुष्मानको पहिलो विवाह हो । कार्की आयुष्मान भन्दा ६ वर्ष कान्छा छन्।
पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
