सिमकोट । सिमकोट गाउँपालिका–१ देखि ८ वडासम्मका प्राविदेखि माविसम्मका २४ विद्यालय बिहीबारदेखि सञ्चालनमा आएका छन्।
कोरोना भाइरस हुम्ला जिल्लामा नदेखिएपछि विद्यालय सञ्चालनमा आएका हुन् । बिहीबारदेखि विद्यालय सञ्चालन भएका छन्।
प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले हुम्ला जिल्लामा कोरोना नदेखिएकाले विभिन्न विद्यालयमा विद्यार्थीले शान्त वातावरणमा हिँडडुल गर्न पाएको बताए ।
अन्य गाउँपालिकामा कोरोना त्रासले विद्यालय सञ्चानलनमा नआएको उनले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
