वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, नेपाल प्रहरी र डाक्टरसहित १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेहरुमा १ सय २१ जना पुरूष र २१ जना महिला रहेको नारायणी अस्पताल स्रोतले जनाएको छ । संक्रमित हुनेमा १५ वर्षका देखि ७९ वर्ष सम्म रहेका छन्।
नारायणी अस्पताल स्रोतका अनुसार, बिहीबार बिहान संक्रमण पुष्टि भएका १ सय ४२ जना सबैभन्दा धेरै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४४ जना प्रहरी रहेका छन्। वीरगन्ज कारागारमा सुरक्षार्थ खटिएका ५ जना नेपाली सेना र ५ जना डाक्टर रहेका छन्।
त्यसैगरी संक्रमितहरु वीरगन्ज महानगरपालिकाको चिनीमिल, श्रीपुर, तेजारथ टोल, गण्डक बहुअरी, मुर्ली, भिस्वा, घडिअर्वा, सबैठवा, पिपरा, रानीघाट, खल्वाटोला श्रीसिया, छपकैया, प्रतिमा चौक, पृथ्वीनगर, गणेश चौक, आदर्शनगर, अलौं, फुलबारी टोल, अशोक वाटिका, भवानीपुर, चण्डाल चौक टोलबाट नयाँ संक्रमित थपिएका छन् । सबैभन्दा धेरै श्रीसिया खल्वाटोलाबाट २२ जना संक्रमित थपिएका छन् भने अन्य बाराका विभिन्न स्थानका नागरिक हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
