काठमाडौँ । अमेरिकामा लगातार एकैदिनमा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या १ हजार भन्दा माथि नाघेको छ । गत अगस्त ५ बुधबारका दिन कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ८८ पुगेको छ।
यसै गरि संक्रमित हुनेहरुको संख्या ५२ हजार ८ सय १० पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले जनाएको छ । अमेरिकाका १३ वटा राज्यहरुमा कोरोना संक्रमित हुनेको संख्या निकै वृद्धि भएको छ।
गत मंगलबार अगस्त ४ का दिन एकैदिनमा मृत्यु हुनेको संख्यामा बिगतका केही दिनका तुलनामा करिव ५ सयको हाराहारीबाट बढेर १ हजार ३ सय ९९ पुगेको थियो। मंगलबार नै संक्रमितको संख्या ५७ हजार ५ सय ४० पुगेको थियो।
गत बुधबार डा एन्थोनी फौसीले विश्वले कहिल्यै पनि कोरोनाभाइरसलाई उन्मूलन गर्न सक्दैन, तर यसलाई नियन्त्रणमा गर्न सकिन्छ भने । अमेरिकाका ३९ वटा राज्यहरु डिसी र पुर्टो रिको सहितमा मुखावरण अनिवार्य रुपले प्रयोग गर्नु पर्ने छ। हाल सम्म कोरोनाबाट अमेरिकामा १ लाख ६० हजारको ज्यान गै सकेको छ भने ४९ लाख २८ हजार संक्रमित रहेका छन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
