वीरगञ्जका अस्पताल धमाधम शिल, उपचार गर्न हेलिकप्टर मार्फत काठमाडौं

वीरगञ्ज । वीरगञ्जको अस्पताल धमाधम शिल हुने क्रमसँगै स्वास्थ्य उपचार समेत विश्वसनिय नभएपछि पछिल्लो एक सातायता ४ जना विरामी उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौँ गएका छन्।

यही साउन २० गते मंगलवार वीरगञ्जको आर्दशनगरबाट १ जना गर्भवती महिला हेलिकप्टरमार्फत काठमाडौं गएकी हुन्। वीरगञ्ज महानगरपालिका वडा नं. ६ बस्ने गर्भवती अन्नु क्याललाई काठमाडौं पठाइएको पर्सा प्रहरीले जनाएको छ।

Advertisement

त्यसैगरी, २१ गते बुधवार आर्दशनगरबाटै एकजना मुटुरोगी र श्वासप्रश्वासमा समस्या देखिएका अर्का एकजना बिरामी काठमाडौं गएका हुन्।

मुटुरोगी वीरगञ्ज महानगरपालिका वडा न. १० आदर्शनगर निवासी ६५ वर्षीय घनश्याम चाचन र श्वास प्रश्वासमा समस्या देखिएका वीरगञ्ज महानगरपालिका वडा न. ४ बिर्ताका ४३ वर्षीय अरविन्द सिँह हेलिकप्टरमार्फत काठमाडौं गएका हुन्।

यस्तै २२ गते बिहीवार पनि वीरगञ्ज महानगरपालिका वडा न. ६ निवासी डा. नविन चौधरीको गर्भवती श्रीमती ३१ वर्षीय अल्काकुमारी पनि काठमाडौं गएकी हुन्।

यहाँका निजी अस्पताल तथा स्वास्थ्य संस्थाले कोरोनाको आशंकामा भर्ना लिन छाडेपछि बिरामीहरु चार्टड हेलिकप्टरमार्फत उपचारको लागि काठमाडौं जाने क्रम बढेको हो।

More News last news
Loading...