काठमाडौँ उपत्यकामा मात्रै एकै दिन ८७ जना कोरोना संक्रमित फेला

काठमाडौँ उपत्यकामा ८७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। बितेको २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौँमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस व्रिफिङमा काठमाडौँ, ललितपुर र भक्तपुरमा गरी उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। यस्तै आज देशभर ३६० जना संक्रमित थपिएका छन्। यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या २१ हजार ७५० पुगेको छ।

Advertisement

अहिले देशभरीका अस्पतालहरुमा ६ हजार २ सय ९६ जना उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा ३ सय ५८ जना, प्रदेश नम्बर २ मा २ हजार ६ सय ९३, बागमती प्रदेशमा ८ सय ३५ र गण्डकी प्रदेशमा २ सय ८० जना संक्रमित उपचाररत रहेका छन्। यस्तै प्रदेश नम्बर ५ मा ३ सय ७७, कर्णाली प्रदेशमा २ सय ६३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ९० जना सक्रिय संक्रमित उपचाररत रहेका छन्।

More News last news
Loading...