काठमाडौँ । नेकपा अध्यक्ष प्रचण्डसहित परिवारका सबै सदस्यमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ। प्रचण्डको सचिवालयको तर्फबाट छोरी गंगा दाहालले प्रचण्डसहित परिवारका सदस्य र सचिवालयका सदस्यको रिपोर्ट नेगेटिभ आएको जानकारी दिइन्।
तर, प्रचण्डको बाहिरी घेराको सुरक्षामा रहने ६ जना सुरक्षाकर्मीमा भने कोरोना पोजिटिभ देखिएको उनले बताएकी छिन्।
‘अध्यक्ष लगायत हामी सम्पूर्ण परिवारका सदस्यहरु, सुरक्षाकर्मीहरु र सचिवालयका सदस्यहरुले कोभिड-१९ स्वाव परीक्षण गर्दा, बाहिरी घेरामा रहनुहुने ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएको छ। उक्त ६ जना बाहेक हामी सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी गरॉउदछ’, दाहालले सामाजिक सञ्जालमार्फत भनेकी छिन्।
प्रचण्डको सुरक्षामा अहोरात्र खटिने संक्रमित सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना समेत उनले गरेकी छिन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
