आजदेखि जोर बिजोर प्रणाली लागु, आज कसको पालो ?

काठमाडौं । बिहिबारबाट सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ । काठमाडौं उपत्यका र दुईसय भन्दा बढी संक्रमित भएको जिल्लामा यातायातमा जोर बिजोर प्रणाली लागु गरिएको हो ।

जोर बिजोर प्रणाली गतेको आधारमा लागु गरिएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव)चक्र बहादुर बुढाले  जानकारी दिए ।

Advertisement

आज साउन २२ गते । गतेको आधारमा आज जोर नम्बरका सवारी मात्र चल्न पाउने गृह मन्त्रालयले जनाएको छ ।

भाडाका सवारी (कालो नम्बर प्लेट) र निजि सवारी (रातो नम्बर प्लेट) भएका सवै प्रकारका सवारीमा जोर बिजोर लागू भएको छ । अत्यावश्यक सेवाका सवारी साधानहरुमा जोर बिजोर लागु हुँदैन । सरकारी सवारी साधन, स्वास्थ्य क्षेत्रका सवारी, खाद्यान्न ढुवानी, दुध, खानेपानी तथा तरकारी ढुवानीमा प्रयोग हुने सवारीमा जोर बिजोर लागु हुँदैन ।

जोर बिजोरको नियम पूर्ण रुपमा पालना गरिदिन ट्राफिक प्रहरी महाशाखाले आग्रह गरेको छ । कोभिड संक्रमणको जोखिम बढ्दै गएको भन्दै ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) भिम प्रसाद ढकालले जोर–बिजोर प्रणालीमा भनसुन नलाग्ने बताए ।

‘आफैं स्व–अनुशासनमा बस्नुपर्ने बेला भएको हुनाले जोर बिजोर प्रणालीमा हामी कठोर बन्छौं’ एसएसपी ढकालले भने–‘यसमा कसैको भनसुन चल्दैन ।’

More News last news
Loading...