काठमाडौँसहितका विभिन्न जिल्लामा जोर–बिजोर प्रणाली लागू, आज जोर सवारी चल्ने

काठमाडौँ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले आजदेखि काठमाडौँ उपत्यकासहितका विभिन्न जिल्लामा जोर–बिजोर प्रणाली लागू गरेको छ ।

दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा जोर–बिजोर लागू गरिएको हो । आज जोर गते भएकाले जोर नम्बरका गाडी मात्रै चलाउन पाइनेछ ।

Advertisement

दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा राति ९ देखि बिहान ५ बजेसम्म हिँडडुलमा पनि रोक लगाइएको छ । गृह मन्त्रालयकाअनुसार अत्यावश्यक सेवा तथा ढुवानीका गाडीलाई भने जोर–बिजोर प्रणाली लागू हुने छैन ।

स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन तथा मास्क नलगाउनेलाई जरिवाना गर्न पनि गृहले सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई विशेष निर्देशन दिएको छ ।

More News last news
Loading...