यी हुन् बलिउडमा धुम मच्चाउने नेपाली कलाकार (भिडियो)

काठमाडौँ। नेपालका केही यस्ता कलाकार छन् जो भारतमा पनि निकै लोकप्रिय छन्।

नेपालजस्तो सानो मुलुकका नागरिक भएर पनि ती कलाकारहरुले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउन सफल भएका छन् । आज हामी तपाईलाई बलिउडमा चर्चित केही नेपाली कलाकारका बारेमा जानकारी गराउँदै छौँ ।

Advertisement

१) मनिषा कोइराला

सुन्दर र प्रतिभाशाली अभिनेत्री मनिषा कोइरालाले पनि बलिउडमा आफ्नो छुट्टै उचाइ बनाइसकेकी छिन् । ९० को दशकमा बलिउडकी सबैभन्दा व्यस्त नायिकामध्येकी एक मनिषा पनि नेपाली हुन् । उनी पूर्व प्रधानमन्त्री बीपी कोइरालाकी नातिनी हुन् । मोडलिङ हुँदै बलिउड प्रवेश गरेकी मनिषाले दिल से, सौदागर, मन जस्ता सुपरहिट फिल्म दिइसकेकी छिन् ।

१) उदित नारायण झा

सन् १९७० मा रेडियो नेपालबाट मैथिली लोक गायकको रुपमा गायन करिअर सुरु गरेका उदित नारायण झा आज बलिउडका सफल गायकहरुमध्ये एक हुन् । उदित नारायणको जन्म नेपालको सप्तरी जिल्लामा भएको थियो । नेपाली संगीत क्षेत्रमा ८ वर्ष बिताएपछि उनी बलिउड पुगेका थिए । १९८० को दशकदेखि बलिउडमा उचाइ लिन सुरु गरेका उदितले अहिले बलिउडमा छुट्टै पहिचान बनाइसकेका छन् ।

पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्

More News last news
Loading...