काठमाडौं । तत्कालीन नेकपा माओवादीबाट युद्धमा होमिएका पूर्व लडाकुसहित एक दर्जन वढी नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) का युवाहरुले ने.क.पा छाडेर काँग्रेसमा प्रवेश गरेका छन्। नेकपाले जनताको मनोभावना बुझेर काम गर्न नसकेको ठहर गर्दै पूर्वलडाकु विक्रम पोखरेल लगायतका एक दर्जन भन्दा वढी नेकपाका युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
यसरी प्रवेश गर्नेहरुमा नेकपाका जिल्लास्तरीय युवा नेताहरु शिव थापा, घनश्याम गौतम लगायतका युवाहरु रहेका छन्। नवप्रवेशीहरुलाई आज एक कार्यक्रमका बीच संविधान सभा सदस्य एवं काँग्रेस नेता राजु थापा, नेपाली काँग्रेस स्याङ्जा जिल्ला कार्यबहाक सभापति कुमार राना लगायतका नेताहरुले स्वागत गरेका थिए। राष्ट्रिय युवा संघको जिल्ला सदस्य समेत रहेका पोखरेल जनयुद्धका बेला तत्कालीन माओवादीबाट युद्धमा समेत सहभागी थिए।
उनीहरुलाई काँग्रेसमा प्रवेश गराउन महत्वपूर्ण भूमिका खेलेका थापाले सत्तामा बसेर पनि नेकपाले आशलाग्दो कार्य गर्न नसकेपछि बिस्तारै काँग्रेसको रुखमुनी ऐक्यबद्धता जनाउन आउने क्रम वढेको बताए। उनले नेकपाका नेताहरु काममा भन्दा पनि बाहिर हल्ला गरेर लोकप्रिय बन्न खोज्दा झनै वितृष्णा बढेको आरोप समेत लगाए।
कार्यक्रममा शिक्षक संघ केन्द्रिय उपाध्यक्ष भरत लम्साल, काँग्रेस स्याङ्जाका नेता पृथ्वी पोखरेल, नेपाल पत्रकार महासंघ स्याङ्जाका पूर्व अध्यक्ष प्रकाश डोटेल, नेबिसंघ जिल्ला सभापति अजित क्षेत्री लगायतको सहभागिता थियो।
यो पनि हेर्नुहोस् …
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
