सुनको मूल्यले राख्यो ऐतिहासिक रेकर्ड, आज कति पुग्यो ? 

काठमाडौं । बुधबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । मंगलबार ९९ हजार ८ सयमा कारोबार भएको सुन आज एकै दिन १६ सयले बढेर एक लाख एक हजार चारमा पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको हो ।

यसअघि सुनको मुल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको थियो। पछिल्लो समय सुनको मूल्यमा अनपेक्षित रूपले बृद्धि भईरहेको छ । आज चाँदीको मूल्य १२ सय ९५ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

चाँदी अघिल्लो दिनको तुलनमा बुधबार ६५ रुपैयाँले बढी छ। मंगलबार चाँदी १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढिरहेकोले नेपालमा पनि बढेको हो ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)  का कारण सुनको मूल्यमा असर परेको महासंघले जनाएको छ।

More News last news
Loading...