सुशिल भट्ट नियुक्ति प्रकरणमा ओली-दाहालबीच चर्काचर्की

काठमाडौँ । सरकारले लगानी बोर्डको कार्यकारी कार्यकारी अधिकृतमा सुशिल भट्टलाई नियुक्त गरेकोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनालले असन्तुष्टि जनाएका छन्।

मंगलबार साँझ बालुवाटारमा दुई अध्यक्षसहित नेता खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ सहभागि वार्ताको सूरुमै लगानी बोर्डको कार्यकारी प्रमुखमा भट्टको नियुक्तिको विषयलाई लिएर चर्काचर्की भएको एक नेताले बताए। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई नियुक्त गरेको थियो।

Advertisement

‘पाँच बजेदेखि ६ बजेसम्म छलफल भएको थियो। सुरुमा केहीबेर तनावको वातावरण भयो। भट्टको नियुक्तिको विषयलाई लिएर गम्भीर आपत्ति जनायौं। कमिसन एजेन्ट, इमेज ड्यामेज भएको मान्छेलाई नियुक्ति गर्ने हो ? पार्टीसँग किन सल्लाह गर्नुभएन ? तपाईंले जे गरे पनि पार्टीले समर्थन गर्छ भन्ने ठान्नु हुन्छ ? अबदेखि यस्ता नियुक्तिमा पार्टीमा सल्लाह गर्नुस् भन्यौं,’ छलफलमा सहभागि ती नेताले भने।

जवाफमा ओलीले भट्टको बचाउ गरेका थिए । तर, फेरि दाहाल र खनालले त्यसको खण्डन गरेपछि ओलीले कुनै प्रतिक्रिया नजनाएको ती नेताले बताए।

More News last news
Loading...