काठमाडौँ । केही समयसम्म घटेको कोरोना संक्रमण नेपालमा फेरि ह्वात्तै बढेको छ। पछिल्लो २४ घण्टामा मात्रै नेपालमा थप ४१८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।
नियमित मिडिया ब्रिफिङमा सोमबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हाल मुलुकभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ३२ रहेको बताए। यो कूल संख्याको २७.६ प्रतिशत हो।
यस्तै, हालसम्म १४ हजार ९ सय ६१ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ। ७२.१ प्रतिशत संक्रमित निको भएको प्रवक्ता गौतमले बताए।
हालसम्म ५७ जनाको कोरोनाबाट मृत्यु भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
