आजको रक्षा बन्धनमा परेको छ अद्भूत योग (भिडियो)

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व मनाइँदै छ। साउने सोमबार दिन परेका कारण यो वर्षको रक्षाबन्धनमा अद्भूत योग रहेको छ। रक्षाबन्धनका दिन बिहान उत्ताराषाढपछि श्रवण नक्षेत्र रहेको छ। रक्षाबन्धनमा श्रवण नक्षत्र हुन फलदायी मानिने गर्दछ।

यो पटकको रक्षाबन्धनमा सर्वार्थ सिद्धि र आयुष्मान दीर्घायुको शुभ संयोग पनि रहेको छ। यो संयोगमा नाडीमा रक्षासुत्र बाँन्दा तथा जनै लगाउदा विशेष लाभ मिल्ने धार्मिक विश्वास रहिआएको छ। त्यस्तै नेपालको तराई क्षेत्रमा यस नक्षत्रमा दाजू भाइको नाडीमा राखी बाध्दा दाजू बहिनी तथा दिदी भाइ दुबैमा दुर्घायु आर्शिवाद मिल्ने पनि विश्वास गरिन्छ।

Advertisement

यो वर्षको जनै पूर्णिमा अर्थात रक्षाबन्धन साउने सोमबारका दिन परेका कारण पनि विशेष महत्व रहेको छ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहको ज्योतिषीहरु बताउँछन्।

More News last news
Loading...