काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष एसइईको परीक्षाको नतिजा आगामी मंगलबारसम्ममा प्रकाशन गर्ने भएको छ।
परीक्षाको नतिजा प्रकाशित गर्नको लागि धमाधम तयारी गरिरहेको बोर्डले जनाएको छ। बोर्डले सकेसम्म आगामी सोमबार र ढिलामा मंगलबारसम्ममा एसइई परीक्षाको नतिजा प्रकाशित हुने सम्भावना रहेको जनाएको छ।
यस वर्ष चार लाख ८३ हजार विद्यार्थीको एसइई परीक्षाको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुनेछ। एसइई नतिजा वेबसाइट, एसएमएस र आइभीआरमार्फत हेर्न सकिने बोर्डले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
एसएमएस र आईभीआरका लागि नेपाल टेलिकम र एनसेलमा १६००मा एसएमएस पठाउन सकिने छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
