नेपालका दुई मेमोरी किङ बिजय शाही र अर्पण शर्मा, कसको दिमाग बढी तेज ? (भिडियो)

काठमाडौँ । पछिल्लो समय मेमोरी किङ भनेर चिनिएका कालिकोटका १९ वर्षीय विजय शाही मिडियामा भाइरल बनेपछि धेरैले नेपालका अर्का विश्व किर्तीमानी युवा अर्पण शर्मासँग तुलना गरेका छन्।

कतिले स्मरणशक्तिमा समेत अनेकौं फरक प्रतिस्पर्धा हुने भएको हुँदा शाहीले पाएको कीर्तिमान र अर्पण शर्माले पाएको कीर्तिमान फरक हुन सक्ने पनि बताउँदै आएका छन्।

Advertisement

विश्वकै सबैभन्दा तेज स्मरणशक्ति भएका शर्मा झापाका हुन् । उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा लेखिएको छ। एक मिनेटभित्र ४२ वस्तुहरुको नाम क्रमवद्ध रुपमा सम्झेर उनले २०७१ सालमा विश्व कीर्तिमान बनाएका हुन्। नेपालीहरु बलमा मात्र होइन, बुद्धिमा पनि अब्बल छन् भन्ने उदाहरण आफूले प्रस्तुत गरेको उनीले एक अन्तवार्तामा बताएका छन्।

अर्पणकै शब्दमा उनले यो स्मरणशक्ति जन्मजात पाएका होइनन् । योगध्यानको बलले आफ्नो दिमागलाई तिखारेका हुन् । एसएलसी पास भएपछि अर्पणले आफूलाई तिखारेको बताउँछन्। एसएलसीपछिका दुई वर्ष उनले पूरै दुनियाँ भुलेर आफूलाई योग–ध्यानमा लिन गराए ।

बीबीएस दोस्रो वर्षको परीक्षा आउन केही दिन बाँकी थियो । उनी केही साथीहरुसँग ग्रुप स्टडी गरिरहेका थिए । यहीबीचमा साथीहरुबीच कसले छोटो समयमा धेरै शब्दहरु सम्झिन सक्छ भन्ने प्रतिस्पर्धा चल्यो । अरु साथीहरुले एक मिनेटमा १० वटा शब्द पनि सम्झिन सकेनन् । तर, उनले ३२ वटा शब्द सम्झिए। त्यो पनि उल्टो सुल्टो जताबाट पनि ।

त्यसपछि साथीहरुले भन्न थाले, ‘तेरो दिमाग विश्व कीर्तिमान नै बनाउने खालको रहेछ, ट्राइ गर ।’अनि, अर्पणको ध्यान त्यतातिर मोडियो ।

सबै प्रावधानहरु पूरा गरेर उनले ०७१ साल असोज १० गतेका दिन विश्व किर्तिमान राखे ।

थप जानकारीका लागि भिडियो हेर्नुहोस्

More News last news
Loading...