काठमाडौं । पर्सामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाले ज्यान गुमाएका छन् ।
यो सहित पर्सामा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सख्या १३ पुगेको छ । ज्यान गुमाउनेमा सामान्य नागरिकदेखि उद्योगका सिइओसम्म रहेका छन् ।
यस्तै यही अवधिमा ४१ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थपिएका सक्रमितमा नारायणी अस्पतालमा कार्यरत दुईसहित तीन जना चिकित्सक छन् । यस्तै नारायणी र एडभान्स हस्पिटलका ६ जना स्टाफ नर्समा पनि संक्रमण देखिएको छ ।
अहिलेसम्म सक्रमित हुनेमा १५ जना भारतीय सहित, ३९ जना स्वास्थ्यकर्मी, ८ जना सुरक्षााकर्मी, २ जना पत्रकार, २ जना एम्बुलेन्स चालक, ८ जना अस्पताल सफाइकर्मी र १५ जना कैदी र थुनुवा रहेका बुझिएकाृ छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
