काठमाडौं । नेपाली काँग्रेसले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ लगायका भ्रातृ संस्थाको ६ महिना म्याद थप गरेको छ ।
नेविसंघ, तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर संघको पदावधि ६ महिना थप गरिएको काँग्रेसले जनाएको छ ।
आज काँग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक बिज्ञप्ति जारी गर्दै पार्टी केन्द्रीय कार्यसमितिबाट अनुमोदन हुने गरी म्याद समाप्त भएका भ्रातृ संस्थाका ६ महिना म्याद थप गरिएको जनाएका हुन् ।
नेविसंघको शुक्रबारबाट म्याद सकिएको थियो भने अन्य भ्रातृ संस्थाको म्याद सकिएको लामो समय भएको थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)