काठमाडौँ । मुलुकभर थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौँ उपत्यकामा मात्रै ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।
काठमाडौँमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्। उनका अनुसार नेपालमा संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ।
२४ घन्टामा १५१ जना संक्रमित निको भएर घर फर्किएका छन्। यो सँगै १४ हजार ३९९ जना कोरोना निको भएर डिस्चार्ज भएका प्रवक्ता गौतमले बताए। ७२.८ प्रतिशत संक्रमित निको भएको छ ।
२४ घन्टामा १० हजार ७६८ र हालसम्म ३ लाख ७५ हजार ४१६ परीक्षण गरिएका छन् । प्रवक्ता गौतमले १२ हजार १११ क्वारेन्टाइनमा रहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
