वरिष्ठ गायक दिप श्रेष्ठद्वारा स्टेट १ सिङ्गिङ आइडलका विजेतालाई पुरस्कार वितरण

धरान । रेडमुन इन्टरटेन्मेन्टको आयोजनामा गत वर्षको मंसिरमा सम्पन्न प्रदेश नं १ स्तरीय गायन प्रतियोगिता स्टेट १ सिङगिङ आइडल २०७६ पहिलो संस्करणका विजेताहरूलाई आज बुधबार धरानस्थित ज्वाई खानाको हलमा आयोजित एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ।

प्रतियोगिताकी विजेता झापाकी जस्मिन बराललाई कुमार एण्ड सन्स अटो प्रा. लि. धरानको भेष्पा एण्ड अप्रिलिया सोरूम धरानले प्रायोजन गरेको अढाई लाख भन्दा बढी मुल्यको भेष्पा स्कुटीको चाबी प्रमुख अतिथि वरिष्ठ गायक दिप श्रेष्ठले दिएका थिए।

Advertisement

त्यस्तै, प्रतियोगिताकी दोस्रो उदयपुरकी शोभा तामाङलाई नगद ७० हजार र तेस्रो पाँचथरका समीर महतेलाई ५० हजार प्रदान गरिएको प्रथियो भने सबसारा रिर्सोट भेडेटारको प्रयोजनमा उत्कृष्ट सहभागिताको लागि बराहक्षेत्रका गोमा कुलुङलाई रु १५ हजार प्रदान गरिएको छ। बिजेताहरुलाई समाजसेवी तथा धरानका गायक किरण श्रेष्ठ, सिल्भर इन्टरटेन्मेन्टका सौरभ श्रेष्ठ, सौगात रिजाल र अध्यक्ष रोशन प्रधानले उक्त पुरस्कारहरू वितरण गरेका थिए।

गत चैत्रमा नै वितरण गर्ने भनिएपनि कोरोना महामारीको कारण अहिले आएर मात्र पुरस्कार वितरण गर्न सकिएको आयोजक रेडमुन इन्टरटेन्मेन्टको अध्यक्ष रोशन प्रधानले बताए। कोरोना महामारी साम्य भएपछि मात्र दोस्रो संस्करणको लागि तयारी गरिने अध्यक्ष प्रधानले बताए।

More News last news
Loading...